मुसलमानले हिन्दुको भेष धारण गर्दा लफडा

हिन्दुहरुको धार्मिक भावनामा चोट पुर्‍याएको भन्दै भारतमा एक मुस्लिम परिवारविरुद्ध मुद्धा परेको छ । कर्नाटकको बान्तवाल तालुक गाउँका मुसलमान बेहुलाले हिन्दुका देवताको भेषमा विवाह गरेपछि उनी र उनको परिवारविरुद्ध उजुरी परेको हो ।

बासित नाम गरेका बेहुलाले हिन्दु भेषमा सजिएर हिन्दुझैं नाचेका थिए । उनी नाचेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि हिन्दुहरुले उनको आलोचना गरेका थिए । जातीय अपमान गरेको आरोपमा उनीविरुद्ध मुद्दा दायर गरिएको प्रहरीले जनाएको छ । भारतमा जातीय अपमानका कारण विभन्न स्थानमा हिंसा हुने गरेका छन् ।

टिप्पणीहरू