साढे आठ लाखको च्यापकटर किसानलाई सित्तै

साढे आठ लाखको च्यापकटर किसानलाई सित्तै

कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले उदयपुरको चौदण्डीगढी नगरपालिकाले च्यापकटर वितरण गरेको छ । वडा नम्बर ९ र १० का किसानहरुलाई २५ थान च्यापकटर वितरण गरिएको हो ।

समृद्धि आयोजनाको सहयोग तथा स्थानीय किसानको साझेदारी एवं जनउत्थान पशु तथा कृषि सहकारी संस्थाको सहजीकरणमा च्यापकटर वितरण गरिएको हो ।

वडा– ९ का अध्यक्ष प्रकाश राउत र वडा– १० का वडाध्यक्ष रामकुमार खड्काको उपस्थितिमा हडियास्थित मिल्स एरियामा नगर प्रमुख खगेन्द्र राईले किसानहरुलाई च्यापकटर हस्तान्तरण गरेका हुन् ।

समृद्धि आयोजनाले ८ लाख ३७ हजार ५ सय मूल्य बराबरको २५ थान च्यापकटर स्थानीय किसानको साझेदारी एवं जनउत्थान पशु तथा कृषि सहकारी संस्थाको सहजीकरणमा स्थानीय किसानलाई वितरण गरेको वडाध्यक्ष राउतले बताए ।

जनउत्थान पशु तथा कृषि सहकारी संस्थाले हडियामा दूध संकलन गरेर दही, पनिर, घिउ, चोकर ब्रानलगायतका सामग्री बिक्री बितरण गर्ने गरेको छ ।

‘च्यापकटर मेसिनको सदुपयोग गर्नु भनेको कृषकको जीवनस्तर उकासिनु भएको र कृषकको जीवनस्तर उकासिनु भनेको राष्ट्रकै विकास हुनु हो’, उनले भने ।

टिप्पणीहरू