टोखामा चाकु बनाउन भ्याईनभ्याई

टोखामा चाकु बनाउन भ्याईनभ्याई

माघे संक्रान्तिलाई लक्षित गर्दै टोखावासीले धमाधम चाकु बनाउन सुरु गरेको छन् । काठमाडौबाट उत्तरमा पर्ने प्राचीन टोखा शहर चाकुका लागि निकै नै प्रसिद्ध छ ।

‘टोखा परम्परागत चाकु संरक्षक समाज’भित्र १३ चाकु उधोग छन् । उधोगले वर्षको दुई महिना मंसिर र पुसमा तीनदेखि चार जनालाई रोजगारी पनि दिइरहेको छ ।

एउटा उधोगबाट एक लाख किलोसम्म चाकु बेच्ने गरेको तथा महिनामा ३ देखि ४ लाखसम्म आम्दानी हुने गरेको टोखा परम्परागत चाकु संरक्षक समाजका अध्यक्ष कृष्ण श्रेष्ठ बताउँछन् ।

एक किलो सामान्य चाकुको एक सयदेखि एक सय ४० रुपैयाँसम्म पर्दछ । खुवा चाकु, सुत्केरी चाकु र स्पेसल चाकु प्रतिकिलोको एक सय ८० रुपैयाँ पर्न जाने उनको भनाइ छ ।

शिवपुरी जङ्गल जलाधारले सिञ्चित पहाडी प्राकृति वातावरण अनुकूल हावापानी रहेको टारिलो भूमी टोखामा प्राचिनकालदेखि नै उखु खेती गरिन्थ्यो ।

उखुको रसबाट सख्खर बनाएर चाकुका लागि कच्चापदार्थ उत्पादन गरिन्थ्यो । जाडो याममा शरीरलाई न्यानो बनाउन चाकु खाने पुरानो संस्कार छ । माघे संक्रान्ति नजिकिएसँगै अहिले टोखावासी चाकु बनाउन व्यस्त देखिन्छन् ।

टिप्पणीहरू