काँग्रेसका नेताले भने : शैक्षिक संस्था बन्द गर्नु नै राम्रो

काँग्रेसका नेताले भने : शैक्षिक संस्था बन्द गर्नु नै राम्रो

कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनलाई मध्यनजर गर्दै विद्यालयहरु दुई साताको लागि बन्द गर्न माग गरिएको छ । ओमिक्रोनको जोखिमलाई नियाल्दै नेपाली काँग्रेसका नेता नैनसिंह महरले दुई साताको लागि विद्यालय बन्द गर्नुपर्ने माग गरेका हुन् ।

थारु विद्यार्थी संघ केन्द्रीय समितिको आयोजनामा ‘ओमिक्रोन र शैक्षिक क्षेत्रमा यसले निम्त्याउने संकट’ विषयक अन्तरक्रियामा उनले मुलुकमा पुनः कोरोनाको जोखिम बढेकाले बालबालिकालाई त्यसको खतराबाट बचाउनुपर्नेमा जोड दिएका हुन् ।

उनले भने, ‘हामीले १८ वर्षमुनिका सबै बालबालिकालाई खोप उपलब्ध गराउन सकेका छैनौँ । छिमेकी मुलुक भारतमा पनि कोरोना संक्रमण तीव्र भएसँगै नेपाल पनि त्यसको उच्च जोखिममा छ । यस्तो अवस्थामा बालबालिकालाई जोगाउन १५ दिन शैक्षिक संस्था बन्द गर्नु उत्तम देखिन्छ ।’

कोरोना महामारी नियन्त्रणमा स्वास्थ्य सावधानी र खोप नै सबैभन्दा उत्तम विकल्प भएकाले सरकारले सबैको पहुँच पुग्ने गरी सहजरूपले खोप उपलब्ध गराउन ध्यान दिनुपर्नेमा उनको जोड छ ।

टिप्पणीहरू