भूपू कर्णेलले आफूलाई जर्नेल भन्दै प्रहरी थर्काएपछि…

भूपू कर्णेलले आफूलाई जर्नेल भन्दै प्रहरी थर्काएपछि…

नेपाली सेनाका एक जना अवकाशप्राप्त मेकानिकल इञ्जिनियरले ट्राफिक नियम उल्लंघन गरेर उल्टै ट्राफिकको हुर्मत लिन खोजेका छन् । उनले नियमविपरित दरवार मार्गको अनधिकृत ठाउँमा बाइक अड्याएपछि ट्राफिकलाई आफू जर्नेल भएको धाक लगाएका हुन् ।

सडकमा उभिएका ट्राफिकले नियम उल्लंघनको कुरो उठाउँदा उनी उल्टै ट्राफिक प्रहरीमाथि अपशब्द बोल्दै जाइलागेका थिए । सादा पोशाकमा सवारी साधन हाँकेका उनी सेनाका अवकाशप्राप्त प्राविधिक प्रमुख सेनानी किरण राणा हुन् । राणा थरका सयौं जर्नेल भए पनि किरण चाहिँ लेफ्टिनेन्ट कर्नेल मात्रै हुन् । तर पनि उनले आफूलाई जर्नेलको रुपमा प्रस्तुत गर्दै ट्राफिकलाई थर्काउने प्रयास गरेको भिडियोमा सुन्न सकिन्छ ।

पेशाले मेकानिकल इञ्जिनियर उनी म्याद नथपिएपछि प्रमुख सेनानीबाटै अवकाश पाएर घर जान बाध्य भएका थिए ।

सेनाबाट अवकाश पाए पनि सडकमा सवारी साधन गुडाउने सबैको हैसियत एउटै हुन्छ । तर आफैँ ट्राफिक नियम उल्लंघन गर्ने अनि सरासर आफ्नो दर्जा ढाँटेर ट्राफिकलाई हप्किदप्की गर्ने यस्ता राणालाई सम्बन्धित निकायले नै कारबाही गर्नुपर्ने आवाज उठेको छ । यो सेनाको प्रतिष्ठासँग समेत जोडिएको विषय भएकाले सबैले चासोपूर्वक हेरेका छन् ।

https://www.tiktok.com/@satyasah11/video/7035923729385295131

 

टिप्पणीहरू