स्रोत नखुलेको लाखौं रुपैयाँ कहाँबाट आउँछ ?

स्रोत नखुलेको लाखौं रुपैयाँ कहाँबाट आउँछ ?

तराईका अधिकांश जिल्लामा स्रोत नखुलेको लाखौं रुपैयाँका कारोबारीलाई प्रहरीले पक्रन थालेको छ । दुई दिनअघि धनुषामा मोटरसाइकलको ट्याङ्कीमा ३८ लाख रुपैयाँ फेला परेको थियो । सामान्य आम्दानी भएका युवकको मोटरसाइकलमा फेला परेको उक्त रकमले प्रहरीलाई समेत झस्काइदिएको छ ।

उता कपिलवस्तु नगरपालिका–९ हर्नामपुरमा पनि त्यस्तै स्रोत नखुलेको रकम फेला परेको छ । स्थानीय चेतन खटिक भन्ने ३९ वर्षीय रामबहादुर खटिकलाई स्रोत नखुलेको ३२ लाख ८९ हजार एक सय ५० नेपाली रुपैयाँ र एक लाख ८५ हजार ४० भारतीय रुपैयाँसहित प्रहरीले पक्राउ गरेको छ ।

उनको घरमा अवैध लागुऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको टोलीले उनको घर तलासी गर्दा उक्त नगद र विभिन्न कम्पनीका १६ थान मोबाइल फोन फेला पारेको हो ।

खटिकलाई पक्राउ गरेर प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ । विशेषगरी लागुपदार्थको कारोबार र सामानको चोरी निकासी पैठारीमा यस्तो रकम प्रयोग हुने गरेको प्रहरीको दाबी छ ।

टिप्पणीहरू