न्युरोडमा जुवा, ८ जनाबाट २ लाख बरामद

न्युरोडमा जुवा, ८ जनाबाट २ लाख बरामद

काठमाडौंको व्यस्त बजार न्यूरोडको पाकोमा जुवा खेलिरहेका आठ जनालाई प्रहरीले पक्रेको छ । सँधै जुवा खेल्ने गरेको सुराकीको आधारमा प्रहरीले उनीहरुलाई रंगेहात पक्राउ गरेको हो ।

पाकोमा डेरा गरी बस्ने सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका–५ घर भएका ४४ वर्षीय झलक बहादुर श्रेष्ठको कोठामा तास खेलिरहेको अवस्थामा श्रेष्ठलगायतलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले छापा मार्ने क्रममा उनीहरुसँगै एक बुक तास र दुई लाख एक हजार रुपैयाँसमेत बरामद गरेको छ ।

टिप्पणीहरू