नेपालको रेल देखाउँदै,भारतमा भोट मागिँदै

नेपालको रेल देखाउँदै,भारतमा भोट मागिँदै

धनुषाको इनरवामा डेढ वर्षदेखि थन्किएको नेपालको रेललाई भारतीय चुनावमा प्रयोग गरिँदैछ । सीमा जोडिएको बिहारका मतदातालाई प्रभावित पार्न सत्ताधारी दल भारतीय जनता पार्टीले उक्त रणनीति अपनाएको हो ।

भारतले नेपालमा गरेको सहयोगलाई आफ्नो उपलब्धिका रुपमा देखाउने उद्देश्यसहित भाजपाले चुनाव लक्षित वृत्तचित्र बनाउन लागेको छ । सोही डक्युमेन्ट्री छायाँकनका लागि पुनः परीक्षणको नाममा इनरवादेखि खजुरी स्टेशन हुँदै जनकपुरधामसहित कुर्थासम्म हिजो रेल सञ्चालन गरिएको छ ।

तर उक्त सञ्चालन देखाउनको लागि मात्र हो । नेपाली भूमिमा झण्डै डेढ वर्षअघि सञ्चालन हुनुपर्ने रेललाई त्रिपालले छोपेर राखिएको छ । अहिले भारतले त्यहि त्रिपाल फालेर छायाँकनको लागि रेल गुडाएको प्रदेश नम्बर २ का एमाले नेताहरुले रघुवीर महासेठको निवासमा ठहर गरेका हुन् ।

टिप्पणीहरू