कसले फाल्यो ६० किलो गाँजा ?

कसले फाल्यो ६० किलो गाँजा ?

प्रहरी देख्नासाथ आफूले बोकिरहेको गाँजा फालेर मानिसहरु टाप कसेपछि प्रहरीले ६० किलोग्राम गाँजा मात्रै फेला पारेको छ । पश्चिम मकवानपुरको मनहरी गाउँपालिका ६ मा पर्ने पूर्वपश्चिम लोकमार्गमा गएराति प्रहरीले उक्त परिणामको गाँजा फेला पारेको हो ।

इलाका प्रहरी कार्यालय मनहरी र प्रशरी चौकी सुनाचुरीबाट खटिएको गस्ती टोली देख्नासाथ शंकास्पद रुपमा भारी बोकेर हिँडेकाहरु आफूले बोकेको भारी फालेर जंगलतर्फ भागेका थिए ।

फालिएको बोरा खोलेर हेर्दा ६० किलोग्राम गाँजा भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

पछिल्ला दिनमा तराइ र भित्री मधेशमा विशेषगरी मकवानपुरमा गाँजा तस्करी मौलाएको छ ।

टिप्पणीहरू