भारतमा श्रमिकलाई पनि दुई दिन छुट्टी

भारतमा श्रमिकलाई पनि दुई दिन छुट्टी

भारतमा अबदेखि ४ दिन काम गर्ने योजनासहित श्रमिकलाई पनि सातामा दुई दिन छुट्टी दिइने भएको छ । श्रमिकहरुको जीवनस्तर र कार्य वातावरणमा सुधार ल्याउन उक्त नियम बनाउन लागिएको हो ।

केन्द्र सरकारले श्रम बजार र श्रमिकलाई समायानुकूल बनाउन उक्त निर्णय गर्न लागिएको बताएको छ । आगामी आर्थिक वर्षदेखि लागु हुने नयाँ श्रम कोडले उनीहरुको कार्य समय, ज्याला र सञ्चयकोषमा सकारात्मक योगदान पुर्याउने भनिएको छ ।

नयाँ बिदाको नियमले भारतीय श्रमिकको ज्याला,सामाजिक सुरक्षा, औद्योगिक सम्बन्ध,उनीहरुको स्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने श्रम विज्ञहरुले बताएका छन् ।

टिप्पणीहरू