प्रधानमन्त्री बालकोट पुगेर फर्कनुभयो

प्रधानमन्त्री बालकोट पुगेर फर्कनुभयो

प्रधानमन्त्री शेरबहादुर देउवाले विपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट्नुभएको छ । ओलीलाई बालकाेटमा भेटेर प्रधानमन्त्री भर्खरै सरकारी निवास बालुवाटार फर्कनुभएको छ ।

एमालेले लगातार संसद बैठक अवरुद्ध गर्दै आएको र अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसदबाट पारित गर्नुपर्ने प्रधानमन्त्रीको भनाइ बाहिर आएको सन्दर्भमा भएको आजको भेटलाई अर्थपूर्ण मानिएको छ ।

यसअघि सत्ता गठबन्धनमा रहेका पाँच दलका शीर्ष नेताहरुको बैठकले प्रधानमन्त्री देउवालाई विपक्षी एमाले अध्यक्षसँग भेट गरेर संसद अवरुद्ध र एमसीसीबारे धारणा बुझ्न सुझाएका थिए । त्यसअघि प्रधानमन्त्रीको सन्देश बोकेर नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल एक पटक र सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की पटक पटक बालकोट पुग्नुभएको थियो ।

टिप्पणीहरू