उपेन्द्रका कार्यकर्ता ओलीतिर

उपेन्द्रका कार्यकर्ता ओलीतिर

जनता समाजवादी पार्टी (जसपा) का लुम्बिनी प्रदेश समिति सदस्य मञ्जित यादव (सोनु) एमाले प्रवेश गरेका छन् । आज रुपन्देहीको नवौं जिल्ला अधिवेशनमा यादवलाई एमाले नेताहरुले पार्टीमा भित्र्याएका हुन् ।

एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल, स्थायी समिति सदस्य घनश्याम भुसाल,रुपन्देही जिल्ला अध्यक्ष शिवराज सुवेदीलगायतले यादवलाई पार्टीमा प्रवेश गराएका हुन् ।

यादव गत स्थानीय निर्वाचनमा रुपन्देहीको ओमसतिया गाउँपालिका अध्यक्ष पदमा तत्कालीन संघीय समाजवादी पार्टीबाट उम्मेदवार थिए ।

त्यस्तै ओमसतिया गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष मसहुर आलम खान पनि एमालेमा प्रवेश गरेका छन् । उनी गत स्थानीय तहको निर्वाचनमा संघीय समाजवादी पार्टीबाट वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी एक हजार नेता,कार्यकर्ता एमालेमा प्रवेश गरेको पार्टीका लुम्बिनी प्रदेश सदस्य गुणाखर भुसालले बताए ।

टिप्पणीहरू