कोरोना लागेपछि स्कुल बन्द

कोरोना लागेपछि स्कुल बन्द

विद्यालयका शिक्षक र विद्यार्थीहरुमा कोरोना संक्रमण देखिएपछि दाङको तुलसीपुर उपमहानगरपालिकाले विद्यालय बन्द गर्ने भएको छ ।

आज बसेको नगर कार्यपालिकाको आकस्मिक बैठकले उपमहानगरभित्रका सामुदायिक र संस्थागत विद्यालयमा आगामी माघ ३ गतेसम्म पठनपाठन पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको हो ।

तुलसीपुर क्षेत्रका सामुदायिक र संस्थागत गरी ५ वटा विद्यालयका शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएपछि सबै विद्यालय बन्द गरिएको हो । ८३ वटा सामुदायिक र ६८ वटा संस्थागत विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय भएको उपमहानगरपालिकाले जनाएको छ ।

साथै, उपमहानगरले घरबाट बाहिर ननिस्किन, स्वास्थ्यको पूर्ण ख्याल राख्न र घरमै बसेर माघी पर्व मनाउन पनि आग्रह गरेको छ ।

टिप्पणीहरू