पिसाब फेर्दा करेन्ट लाग्यो, करेन्ट लागेर ज्यान गयो

पिसाब फेर्दा करेन्ट लाग्यो, करेन्ट लागेर ज्यान गयो

ललितपुरमा करेन्ट लागेर एक युवकको ज्यान गएको छ । कोञ्ज्योसोम गाउँपालिका–३, दलचोकीका ३५ वर्षीय शम्भु घिमिरेको करेन्ट लागेर मृत्यु भएको हो ।

बा.३ ख ४१०८ नम्बरको बस चालकसमेत रहेका घिमिरे बस रोकेर पिसाब फेर्न गएका थिए । त्यतिबेलै उनलाई करेन्ट लागेको बताइएको छ । करेन्ट लागेर घाइते भएका उनलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

हिजो साँझ साढे ५ बजेको समयमा घिमिरे पिसाब फेरेको ठाउँमा ढलेपछि उठाउन जाँदा करेन्ट लागेको थाहा भएको थियो । उनलाई कसरी करेन्ट लाग्यो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

टिप्पणीहरू