पद्मश्री विजेताविरुद्ध बलात्कारको बात

पद्मश्री विजेताविरुद्ध बलात्कारको बात

भारतीय उत्तर पूर्वी राज्य असमका एक आविष्कारक तथा पद्मश्री विजेता उद्धवकुमार भरालीविरुद्ध नाबालिका बलात्कारको मुद्दा दायर भएको छ ।

आफ्नो पालनपोषणमा रहेकी नाबालिकालाई भरालीले जबरजस्ती करणी गरेको आरोप लगाउँदै उत्तर लखिमपुर पुलिसले मुद्दा दायर गरेको हो ।

उनीमाथि यौन अपराध,बालबालिका संरक्षण ऐन र भारतीय दण्डसंहिताका कतिपय धाराअन्तर्गत मुद्दा दायर भएको छ । भराली असमका चर्चित आविष्कारक हुन् ।

उनी धान थ्रेसर,केन स्ट्रिपिङ मेसिन, अनार पेल्ने मेसिन र कमलागतको इन्सिनरेटर जस्ता यन्त्रको आविष्कारक हुन् ।

टिप्पणीहरू