सिंहदरबारले दियो लुम्बिनीलाई एक अर्ब

सिंहदरबारले दियो लुम्बिनीलाई एक अर्ब

लुम्बिनी प्रदेशको स्थायी राजधानी निर्माणका लागि संघीय सरकारले एक अर्ब बजेट उपलव्ध गराएको छ । दाङ देउखुरीमा स्थायी राजधानीका लागि आवश्यक पर्ने संरचना बनाउन उक्त रकम उपलव्ध गराइएको हो ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी सोनामले संघीय सरकारबाट एक अर्ब प्राप्त भएको जानकारी दिनुभयो । राजधानी निर्माणका लागि प्रदेशको मात्र बजेट अपुग भएकाले संघीय सरकारसँग छलफल गरी बजेट निकाल्न सफल भएको उहाँको भनाइ छ ।

जग्गा प्राप्तिका विषय र बजेटको विषयले पूर्णता पाउन थालेपछि अब राजधानी निर्माणको कामले गति लिने पनि मुख्यमन्त्रीले दावी गर्नुभयो । यो रकमबाट गुरुयोजना, भौतिक संरचना निर्माण र जग्गा अधिग्रहणलगायतका काम अगाडि बढाइने बताइएको छ ।

टिप्पणीहरू