धनुषामा धान उत्पादन बढ्यो, अन्त कम

धनुषामा धान उत्पादन बढ्यो, अन्त कम

मुलुकमा धान उत्पादन घटे पनि धनुषामा भने वृद्धि भएको छ । केन्द्रीय तथ्यांकअनुसार गत आवमा धनुषामा प्रतिहेक्टर ४ टन धान उत्पादन भएको थियो भने यस वर्ष प्रतिहेक्टर ४ भन्दा कम उत्पादन भए पनि बढी जमिनमा धान खेती भएकाले समग्र उत्पादन बढेको हो ।

धनुषामा यस वर्ष ७५ प्रतिशत सोना मंसुली र बाँकी २५ प्रतिशतमा बासमती तथा स्वर्णसब-१ ,कतरनीसहितका धान उत्पादन भएको कृषि ज्ञान केन्द्रका वागबानी अधिकृत प्रदीपकुमार यादवले बताएका छन् ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षमा देशभर ५१ लाख ३० हजार टन धान उत्पादन भएको छ । गत वर्ष ५६ लाख २१ हजार टन धान उत्पादन भएको थियो ।

चालु आर्थिक वर्षमा ५९ हजार हेक्टरमा धान खेती गरिएकोमा १ लाख ८८ हजार ८ सय टन धान उत्पादन भएको छ । जुन गत वर्ष भन्दा ११ हजार ४ सय ७० टन बढी धान उत्पादन भएको हो । आर्थिक वर्ष ०७७/०७८मा ५९ हजार हेक्टरमा १ लाख ७७ हजार ३ सय ३० टन धान उत्पादन भएको थियो ।

टिप्पणीहरू