कर्मचारीले घुस खाएर मान्छे हङकङ उडाएपछि…..

कर्मचारीले घुस खाएर मान्छे हङकङ उडाएपछि…..

हङकङले नेपाल वायुसेवा निगमको उडानमा फेरि प्रतिबन्ध लगाएको छ । पीसीआर परीक्षण गरेर लगिएका भनिएका यात्रुमा त्यहाँ संक्रमण पुष्टि भएपछि हङकङले निगमको उडानमा प्रतिबन्ध लगाएको हो ।

मंगलबार नेपाल वायुसेवा निगमको उडान नम्बर ४०९ बाट हङकङ गएका पाँच जनामा संक्रमण पुष्टि भएको हो । उनीहरु त्यस दिन निगमको न्यारोबडी जहाज चढेर हङकङ पुगेका थिए ।

काठमाडौंबाट सबै स्वास्थ्य मापदण्ड पूरा गरेर उडेका भनिएका यात्रुमा पटक पटक संक्रमण देखिएपछि हङकङले आरएको उडानमाथि प्रतिबन्ध लगाउने गरेको छ । पछिल्लो पटकको घटनापछि नेपाल वायुसेवा निगमलाई काठमाडौं–हङकङ उडानमा फेरि प्रतिबन्ध लगाइएको हो ।

टिप्पणीहरू