म बाँचेर आइपुगेँ विमानस्थल : भारतीय प्रधानमन्त्री मोदी

म बाँचेर आइपुगेँ विमानस्थल : भारतीय प्रधानमन्त्री मोदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफू पञ्जाब राज्यको सडकबाट बल्लतल्ल बाँचेर फर्किएको बताएका छन् । त्यहाँको फिरोजपुरमा आयोजित र्यालीमा सहभागी हुन गएका मोदी किसानहरुको अवरोध र सुरक्षा कमजोरीका कारण बीच बाटोबाटै फर्कनु परेको थियो ।

प्रधानमन्त्रीको भ्रमणमा भएको सुरक्षा कमजोरीबारे केन्द्र सरकारको गृह मन्त्रालयले पञ्जाब सरकारसङ्ग विस्तृत प्रतिवेदन मागेको छ । मन्त्रालयले राज्य सरकारलाई उक्त गल्तिको जिम्मेवारी लिन र सम्बन्धित अधिकारीलाई कडा कारबाही गर्न पनि आग्रह गरेको छ ।

केन्द्र सरकारका अनुसार पञ्जाब सरकार सडकमा हुने कुनै पनि आन्दोलन र कार्यक्रमलाई सुरक्षा दिन असफल भएको छ । किनभने बुधबार प्रधानमन्त्री मोदी सवार सवारी साधन किसानहरूको विरोधका कारण सडकमै अलपत्र परेको थियो ।

मोदीको कार त्यहाँको एउटा फ्लाईओभरमा झण्डै आधा घण्टासम्म अड्किएपछि प्रधानमन्त्रीका विशेष सुरक्षाकर्मीहरुले कारलाई घेरा हालेर बसेका थिए । केही समयपछि उनी त्यतैबाट विमानस्थल फर्किए ।

स्थानीय भटिण्डा विमानस्थलमा राज्य सरकारका अधिकारीलाई इंगित गर्दै मोदीले भने,‘तिम्रा मुख्यमन्त्रीलाई भन्दिनु,म बाँचेर विमानस्थल आइपुगेँ ।’ पञ्जाबका मुख्यमन्त्री विपक्षी भारतीय काँग्रेस पार्टीका हुन् । यही निहुँमा केन्द्र सरकारले विपक्षी राज्य सरकारलाई विघटन गरी रास्ट्रपति शासन लगाउने आशंका छ ।

टिप्पणीहरू