क्याफेमा बसेर ब्राउनसुगर सेवन

क्याफेमा बसेर ब्राउनसुगर सेवन

चितवनको एउटा क्याफेमा बसेर लागुपदार्थ ब्राउनसुगर सेवन गर्ने दुई जना समातिएका छन् । खैरहनी नगरपालिका ८, मगनीचोकमा रहेको युनिक अड्डा एण्ड क्याफेमा उनीहरुलाई फेला पारिएको हो ।

क्याफेमा बसेर लागुपदार्थ बिक्री वितरण गर्ने र सेवन गर्ने गरेको सुराकीको आधारमा प्रहरी हिजाे बिहान साढे १० बजे उनीहरु पक्राउ परेका हुन् । त्यसरी ब्राउनसुगर प्रयोग गरिरहेको अवस्थामा पक्राउ परेकामा खैरहनी ३ धुसरी बस्ने वर्ष ३० का विक्रम खत्री र वडा नम्बर ६ सुनगाभाटोल बस्ने वर्ष ३६ को श्याम थापा मगर हुन् ।

उनीहरुको शरीर खानतलासी गर्ने क्रममा १ ग्राम ७ सय ७० मिलिग्राम ब्राउनसुगर फेला परेको प्रहरीले बताएको छ । उनीहरुलाई तत्काल पक्राउ गरी जिल्ला अदालत चितवनबाट म्याद थपेर आवश्यक अनुसन्धान गरिएको छ ।

प्रहरीले मोबाइल २ थान, स्टिलको प्लेट १ थान र ब्राउनसुगर प्रयोग गर्ने क्रममा एकापट्टीको भाग केही जलेको अवस्थामा ५ दरको नोट थान १ समेत बरामद गरेको छ ।

टिप्पणीहरू