बुबाको आन्द्रा छोराको पेटभित्र

बुबाको आन्द्रा छोराको पेटभित्र

बुबाआमाको लागि छोराछोरीभन्दा ठूलो केही हुँदैन भन्ने उदाहरण भारतका एक व्यक्तिले दिएका छन् । चेन्नइका एक बाबुले आफ्नो एउटा सानो आन्द्रा दिएर छोरालाई बचाएका छन् ।

सात घण्टा लामो शल्यक्रियापछि बाबुको आन्द्रा छोराको पेटमा सफल प्रत्यारोपण गरिएको हो । शल्यक्रिया गर्न आठ चिकित्सक र २४ जना नर्सको टोली खटिएको थियो ।

चार वर्षीय बालकको सानो आन्द्राले काम गर्न छाडेपछि बाबुको आन्द्रा प्रत्यारोपण गरिएको हो । जटिल शल्यक्रियापछि बाबुको १ सय ५० सेन्टिमिटर लामो आन्द्रा छोराको पेटमा सफल प्रत्यारोपण गरिएको चिकित्सकले बताएका छन् ।

यो शल्यक्रिया दुलर्भमध्येको एक भएको चिकित्सकको दाबी छ । निरन्तर वान्ता गर्न थालेपछि गुहान नाम गरेका ती बालकलाई तीन महिनाअघि अस्पताल भर्ना गरिएको थियो । बालकको सानो आन्द्रा बेरिएको र रक्तनलीको प्रवाह रोकिएको उपचारको क्रममा पत्ता लागेको थियो ।

टिप्पणीहरू