शिक्षिकाले विद्यार्थीलाई खोप लगाइदिइन्

शिक्षिकाले विद्यार्थीलाई खोप लगाइदिइन्

शिक्षक विद्यार्थीका दोस्रो अभिभावक हुन् । शिक्षकको प्रमुख कर्तव्य भनेको विद्यार्थीलाई शिक्षा दिनु हो ।

तर, अमेरिकाको न्यूयोर्कमा भने एक शिक्षिकाले आफ्ना विद्यार्थीलाई बिना स्वीकृति खोप लगाइ दिएपछि हंगामा मच्चिएको छ । पेशाको अनाधिकृत अभ्यास गरेको अभियोगमा शिक्षिकालाई पक्राउ गरिएको हो ।

५४ वर्षीया शिक्षिका लाउरा रुसोलाले आफ्नै घरमा बोलाएर १७ वर्षीय विद्यार्थीलाई कोभिड–१९ विरुद्धको खोप लगाइदिएकी हुन् । ती विद्यार्थीले घर गएर आमालाई शिक्षिकाले खोप लगाइदिएको बताएपछि उनले प्रहरीलाई खबर गरेकी थिइन् ।

न्यू हाइड पार्कको हेरिक्स सरकारी विद्यालयकी जीवविज्ञान शिक्षिका रुसोलाई केही दिनको निम्ति हिरासतमा राखिएको छ । उनी विरुद्धको मुद्दाको सुनुवाई दुई हप्तापछि हुनेछ ।

टिप्पणीहरू