८४ वर्षका वृद्धले कोरोनाविरुद्धको खोप ११ पटक लगाए

८४ वर्षका वृद्धले कोरोनाविरुद्धको खोप ११ पटक लगाए

भारतमा १२ औं पटक कोभिडविरुद्धको खोप लगाउन जाँदा एक वृद्ध पक्राउ परेका छन् । विहारको मध्यपुरा जिल्लाका ८४ वर्षीय व्राह्मदेव मण्डल एउटा स्थानीय स्वास्थ्य केन्द्रमा १२ औं डोज लगाउन जाँदा पक्राउ परेका हुन् ।

पक्राउ परेपछि उनले ११ पटकसम्म कोभिडविरुद्धको खोप लगाएको बताएका छन् । स्वास्थ्यकर्मीलाई छक्काएर उनले त्यति धेरै खोप लगाएका हुन् । उनले आधार कार्ड र मोबाइल नम्बर देखाएर आठ पटक खोप लगाएका थिए । तीन पटक पत्निको मोबाइल नम्बर टिपाएका थिए ।

त्यतिधेरै पटक लगाए पनि खोपले आफूलाई कुनै ‘साइड इफेक्ट’ नगरेको मण्डलले बताएका छन् । हरेक महिना कम्तिमा एक डोज खोप लगाएका उनले सेप्टेम्बरमा भने तीन डोज लगाएका थिए । हुलाक कार्यालयका पूर्वकर्मचारीसमेत रहेका उनीबारे स्वास्थ्य अधिकारीहरुले छानबिन सुरु गरेका छन् ।

भारतमा एउटै व्यक्तिले अत्यधिक धेरै कोभिड खोप लगाएको यो पहिलो पटक हो । यसअघि पनि केही व्यक्तिले लुकीछिपी चार पाँच पटक खोप लगाएको दाबी गरेका थिए ।

टिप्पणीहरू