ऋचा शर्माको ‘कौसिद’ को टिजर सार्वजनिक

अभिनेत्री ऋचा शर्माको प्रस्तुती रहेको चलचित्र ‘कौसिद’ को टिजर सार्वजनिक भएको छ । कोभिड महामारीकाबीच फिल्मको पोष्टप्रोडक्सन सकाउँदै टिजर सार्वजनिक भएको हो । निर्देशक कुमार भाष्करका अनुसार फिल्म प्रदर्शनको तयारी पनि भइरहेको छ ।

टिजरमा पिँजडामा खरायो बोकेको अवस्थामा अभिनेता भोलाराज सापकोटा एक्लै फिचर्ड छन् । ऋणको चपेटामा परेको पात्रको जीवन भोगाइ जोडिएको कथामा बनेको फिल्मको टिजरले पिँजडामा परेको जीवनको उन्मुक्तिको संघर्ष भाव बोल्छ ।

फिल्ममा भोलाराज सापकोटा र ऋचा शर्मासँगै रुपेश दाहाल, परिक्षितविक्रम राणा, सदीक्षा गौतम, निर्भिक भट्टराई र सागर भट्टराई मुख्य भूमिकामा छन् । फिल्मको निर्माता केदार भुसाल हुन् भने कार्यकारी निर्मातामा दिमेश श्रेष्ठ तथा सह–निर्मातामा लक्ष्मण बानियाँ छन् ।

निर्देशक भाष्करकै पटकथामा बनेको फिल्मको कथा लेखन नव विजय प्रकाश श्रेष्ठ र धिर्जन थपलियाले गरेका छन् । निसाल पौडेलले छायांकन गरेको फिल्ममा मित्र डि. गुरुङ र भीम विश्वकर्माको सम्पादन रहेको छ । बड पिक्चर्सको ब्यानरमा यो फिल्म निर्माण भएको हो ।

टिप्पणीहरू