चीनले बनायो वातावरण मैत्री ‘कृत्रिम सूर्य’

चीनले बनायो वातावरण मैत्री ‘कृत्रिम सूर्य’

चीनले ‘कृत्रिम सूर्य’ को सफल परीक्षण गरेको छ । भविष्यमा स्वच्छ ऊर्जाका लागि मार्ग प्रशस्त गर्न भन्दै उसले वास्तविक सूर्यभन्दा पाँच गुणा तातो कृत्रिम सूर्यको परीक्षण गरेको हो ।

एक्सपेरियन्सल एडभान्स्ड सुपरकन्डक्टिङ टोकामाक (इएएसटी) नाम दिइएको परीक्षणलाई बेइजिङले पारमाणविक फ्युजन भट्टी भनेको छ । ७ करोड डिग्री सेल्सियस ताप भएको सो भट्टीलाई १७ मीनेटभन्दा बढी समय सञ्चालनमा ल्याइएको थियो ।

No description available.

पछिल्लो परीक्षणले वैज्ञानिकहरुलाई ‘असिमित स्वच्छ ऊर्जा’ तर्फ हौस्याएको विज्ञहरुले बताएका छन् । हङकङबाट निस्कने साउथ चाइना मर्निङ पोष्टको एउटा रिपोर्टअनुसार कृत्रिम सूर्यको तापक्रम ७ करोड डिग्री सेल्सियस थियो । यो तापक्रम १७ मीनेट ३६ सेकेन्डसम्म रह्यो ।

हाइड्रोजन र डियुटेरियमलाई उमालेर प्लाज्मा बनाई सो भट्टीको तापक्रम सूर्यकोभन्दा पाँच गुणा बढी बनाइएको हो ।

कृत्रिम सूर्य चलाउन जीवाशेष इन्धनको आवश्यकता नपर्ने तथा त्यसले कुनै हानिकारक वस्तु उत्सर्जन नगर्ने भएकाले यसलाई भौतिकशास्त्रीहरूले वातावरण मैत्री मान्दै आएका छन् ।

टिप्पणीहरू