अदालतको मुद्दा व्यवस्थापन प्रणाली अवरुध्द

अदालतको मुद्दा व्यवस्थापन प्रणाली अवरुध्द

सर्वोच्च अदालतको मुद्दा व्यवस्थापन प्रणाली आज अपरान्हदेखि अवरुद्ध हुने भएको छ । अदालतको सर्भर अपडेट गर्नुपर्ने भएकाले अपरान्ह ४ बजेदेखि भोलि बिहान ९ बजेसम्म मुद्दा व्यवस्थापन प्रणाली अवरुद्ध हुन लागेको हो ।

सर्वोच्चले मुद्दा व्यवस्थापनलगायतका प्रणालीहरुको प्रयोगमा अवरोध आउने भएको जनाउँदै आज पेसीमा स्थिति जनाउनेलगायतका कार्य अपरान्ह ४ बजेअगावै सम्पन्न गर्ने गरी व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

‘सोही कारण २३ पुस शुक्रबारसमेत प्रणालीहरुमा केही समस्या आउन सक्ने भएकाले धैर्यता गरिदिनु हुन र लामो समयसम्म समेत प्रणालीमा समस्या भइरहेमा सर्वोच्च अदालतको सूचना प्रविधि शाखामा सम्पर्क गर्न’ अदालतले अनुरोध गरेको छ ।

टिप्पणीहरू