खर्वपति विनोद चौधरीलाई हटाउन हारगुहार

खर्वपति विनोद चौधरीलाई हटाउन हारगुहार

नेपाली काँग्रेसको केन्द्रीय सदस्य पदबाट विनोद चौधरीलाई हटाउनु पर्ने मागसहित निर्वाचन आयोगमा उजुरी परेको छ ।

सिरहा क्षेत्र नम्बर ३ का महासमिति सदस्य डा. सुभाषचन्द्र यादवले केन्द्रीय समिति सदस्यमा विजयी चौधरीले क्रियाशील सदस्यता लिएको १० वर्ष नपुगेको कारण देखाउँदै उम्मेदवार नै हुन नपाउने व्यक्ति विजयी भएको दावीसहित आयोगसमक्ष पदमुक्तको माग गरेका हुन् ।

चौधरीलाई पदमुक्त गरी सो स्थानमा आफूलाई मान्यता दिन पनि डा. यादवको माग छ ।

‘नेपाली काँग्रेसको विधानविपरीत निर्वाचित भनिएका चौधरीको सम्बन्धमा काँग्रेस केन्द्रीय कार्यालय र काँग्रेस केन्द्रीय निर्वाचन समितिमा उजुरी गर्दा पनि कुनै सुनुवाई नभएबाट राजनीतिक दलसम्बन्धी ऐन,२०७३ को दफा १४, १५, १७, ५७ समेतको आधारमा प्रस्तुत उजुर निवेदन पत्र पेश गरेको छु,’ यादवले उजुरीमा उल्लेख गरेका छन् । यादवले चौधरी एमालेमा रहेको प्रमाणसमेत पेश गरेर उजुर हालेको जनाएका छन् ।

सानेपास्थित निर्वाचन समितिलाई मौखिक रुपमा पटक पटकभन्दा पनि सुनवाई नभएको उल्लेख गर्दै राजनीतिक दलसबन्धी ऐनलाईसमेत जोडेर गत महाधिवेशनमा खुला मधेसीतर्फ छैठौं स्थानको मत प्राप्त गरेका यादवले चौधरीलाई पदमुक्त गर्न आयोगमा निवेदन दिएका हुन् ।

टिप्पणीहरू