एमालेको महोत्तरी अधिवेशन अन्योलमा, नेतृत्व चयन प्रक्रियामा मतभेद

एमालेको महोत्तरी अधिवेशन अन्योलमा, नेतृत्व चयन प्रक्रियामा मतभेद

नेकपा एमालेभित्रको गुटबन्दी अन्त्य गर्न नसक्दा महोत्तरी अधिवेशन अन्योलमा परेको छ । पार्टीको माघ ५ र ६ गते हुने भनिएको जिल्ला अधिवेशन अन्योलमा परेको हो ।

केन्द्रीय महाअधिवेशनमा सर्वसम्मतीको नाममा विवादित ढंगबाट पदाधिकारी तथा प्रतिनिधि चयन गरेकाले जिल्लामा पनि सोही कार्य दोहोरिने हो की भन्ने अधिवेशन प्रतिनिधिहरूले आंशका व्यक्त गर्न थालेका छन् ।

चितवनमा सम्पन्न १०औँ महाअधिवेशनमा पार्टीमा लामो समयसम्म योगदान पुर्याएका नेताहरूलाइ समेत नसमेटेको भन्दै आलोचना भइरहेका बेला महोत्तरीमा हालसम्म अधिवेशनको तयारी नगरिनुले थप सशंकित बनाएको नेताहरू बताउँछन् ।

माओवादीबाट आएकासहितका नेताहरूले अहिले पनि सहमतिमा नै जोड दिनुपर्ने अडान लिँदै आएका छन् । ‘अन्तिम विकल्पको रुपमा मात्र निर्वाचनलाई आत्मासात गर्नुपर्छ,’ केन्द्रीय सदस्य तथा एमाले महोत्तरीका इञ्चार्ज टेकबहादुर बलाम्पाकी बताउँछन् ।

तर, सहमतिले क्षेत्रीय महाअधिवेशन प्रतिनिधिमा समेत पार्टीभित्र गुट सिर्जना भएको भन्दै निर्वाचन नै पहिलो विकल्प हुने सीताराम झालगायतका नेताहरूको अडान छ ।

टिप्पणीहरू