बालुवाटारमा राजनीतिक बैठक जारी

बालुवाटारमा राजनीतिक बैठक जारी

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ गठबन्धन दलका शीर्ष नेताहरूको बैठक बसेको छ । गठबन्धनद्वारा गठित राजनीतिक समन्वय समितिको सो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमण, राष्ट्रियसभा निर्वाचन,अमेरिकी सहयोग नियोग एमसीसी सम्झौतालगायतका विषयमा छलफल भएको बताइएको छ ।

बैठकमा काँग्रेसबाट नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला,नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ,नेकपा एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल,जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसी र उपाध्यक्ष दुर्गा पौडेल सहभागी हुनुहुन्छ ।

टिप्पणीहरू