प्रधानसेनापति मेदान्तमा,जासुस प्रमुख बालुवाटारमा

प्रधानसेनापति मेदान्तमा,जासुस प्रमुख बालुवाटारमा

प्रधानमन्त्री शेरबहादुर देउवाले हिजो गठबन्धन दलका नेताहरु पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसँग भेटवार्ता गर्नुभएको छ । उहाँहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा बिहान छलफल भएको हो ।

दाहाल र नेपालसँगको भेटपछि प्रधानमन्त्रीसँग कायममुकायम प्रधानसेनापति बालाराज कार्कीले भेट गर्नुभएको थियो । प्रधानमन्त्रीले हिजै साँझ राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीसँग भेटेर आवश्यक ब्रिफिङ लिनुभएको छ ।

प्रधानसेनापति प्रभुराम शर्मा स्वास्थ्यउपचारको निम्ति यतिखेर नयाँ दिल्लीमा हुनुहुन्छ । उहाँ १३ दिनको छुट्टी लिएर दिल्लीस्थित मेदान्त अस्पतालमा उपचार गराइरहनुभएको छ । त्यसैले हिजो बालुवाटारमा कायममुकायम प्रधान सेनापतिले सुरक्षास्थितिको बारेमा ब्रिफिङ गराउनुभएको हो ।

अधिकारीले भने आफ्नो कार्यकाल सकिन लागेकाले प्रधानमन्त्रीसँग बिदाई भेट गर्नुभएको हो । अनुसन्धान विभागको नौ महिने जिम्मेवारी भोलिदेखि यदु खरेलले लिँदै छन् ।

टिप्पणीहरू