एमालेको आग्रहमा संसदको बैठक रोकियो

एमालेको आग्रहमा संसदको बैठक रोकियो

प्रतिनिधिसभाको आज बस्ने भनिएको बैठक स्थगित भएको छ । प्रमुुख प्रतिपक्षी नेकपा एमालेले पार्टीका जिल्ला अधिवेशन जारी रहेको र नेताहरु उपत्यका बाहिर रहेको भन्दै आज बस्ने बैठक स्थगित गर्न संसद सचिवालयलाई गरेको आग्रहअनुसार बैठक स्थगित भएको बताइएको छ ।

प्रतिनिधिसभाको अर्को बैठक पुस २८ गते दिउँसो १ बजे बस्ने गरी सारिएको संघीय संसदका महासचिव भरतराज गौतमले जानकारी दिनुभएको छ । यसअघि माओवादी केन्द्रले आफ्नो महाधिवेशनको कारण बैठक सार्न लगाएको थियो ।

यता,प्रधानमन्त्री शेरबहादुर देउवा जारी हिउँदे अधिवेशनबाट एमसीसी पारित गर्ने मनस्थितिमा हुनुुहुन्छ भनिन्छ ।

टिप्पणीहरू