विदेशी मृगले हानेर राष्ट्रपति निवासभित्र सैनिक ठहरै

विदेशी मृगले हानेर राष्ट्रपति निवासभित्र सैनिक ठहरै
राष्ट्रपति निवासभित्र पालिएको मृगको आक्रमणबाट एक सैनिकको मृत्यु भएको छ । उक्त घटना दक्षिण अमेरिकी मुलुक पाराग्वेमा भएको हो ।
राष्ट्रपति निवासको सुरक्षामा खटिएका सैनिक भिक्टर आइज्यासीलाई मृगले आक्रमण गरेपछि उनको शरीर सिङले छेडेको थियो । त्यसपछि ४२ वर्षीय सैनिकको तत्काल मृत्यु भएको हो ।
राजधानी आसुनस्यानमा रहेको राष्ट्रपति निवासमा पालिएको आक्रमणकारी मृग बाहिरबाट उपहारमा प्राप्त भएको बताइए पनि मुलुक वा क्षेत्र खुलाइएको छैन । त्यसैले सैनिकको ज्यान लिने मृग रैथाने नभएको सेनाको दाबी छ । स्थानीय एउटा समाचार संस्थाले मृग भारत सरकारले उपहारस्वरूप दिएकाे जनाएकाे छ ।
फरक खालको मृग भएकाले निवासभित्र पनि अन्य जनावर र मानिससँग भेट नहुने गरी राखिएको थियो । तर, घटनापछि हेरिएको सिसिटिभीमा ती सैनिक मृग नजिकै पुगेपछि उनलाई सिङले हानेर ढालिदिएको थियो ।

टिप्पणीहरू