एमाले सचिवको हृदयाघातका कारण मृत्यु

एमाले सचिवको हृदयाघातका कारण मृत्यु

नेकपा (एमाले) रोल्पाका सचिव निमप्रसाद रोकाको हृदयाघातका कारण निधन भएको छ ।

जिल्ला अधिवेशनको पूर्वतयारीमा जुटेका उनको हृदयाघातबाट निधन भएको हो । पार्टी काम सकेर घर पुगेपछि उनलाई हृदयाघात भएको पारिवारिक स्रोतले बताएको छ । लगत्तै, रोकालाई अस्पताल पुर्याएर उपचार गरिएको थियो ।

तर, स्थानीय नुवागाउँ अस्पतालमा उनको ज्यान गएको एमाले रोल्पाले जनाएको छ ।

टिप्पणीहरू