नवलपरासीमा पनि थपिए ११ हजार बढी मतदाता

नवलपरासीमा पनि थपिए ११ हजार बढी मतदाता

नवलपरासीको बर्दघाट–सुस्तापूर्वमा मतदाता नामावली संकलन विशेष कार्यक्रममा ११ हजार बढीले नाम दर्ता गराएका छन् ।

जिल्लामा मंसिर १७ देखि पुस २ गतेसम्म पहिलो चरण र पुस ५ देखि पुस १९ गतेसम्म दोस्रो चरणमा गरिएको मतदाता नामावली संकलन विशेष कार्यक्रममा ११ हजार ३ सय २५ जनाले नाम दर्ता गराएका हुन् ।

जिल्लाका आठ स्थानीय तहमध्ये पहिलो चरणमा चार गाउँपालिकाबाट तीन हजार नौ सय तीन तथा दोस्रो चरणमा तीन नगरपालिकाबाट सात हजार चार सय २२ ले मतदाता नामावलीमा नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

स्थानीय तहमा सञ्चालित विशेष कार्यक्रम घुम्ती टोलीमा नामावली दर्ता गराउनेमध्ये सबैभन्दा बढी गैँडाकोट नगरपालिकामा दुई हजार ९ सय २३ जना छन् ।

यस्तै मध्यविन्दु नगरपालिकामा दुई हजार ८ सय २२, देवचुली नगरपालिकामा एक हजार ६ सय ७७, विनयी त्रिवेणीमा एक हजार ६ सय ६२, हुप्सेकोटमा एक हजार १ सय ४०, बुलिङटारमा ४ सय ४२ र बौदिकाली गाउँपालिकामा ६ सय ५९ जनाले नाम दर्ता गराएका छन् ।

यसअघि जिल्लामा एक लाख २४ हजार ९ सय ८० महिला, एक लाख १२ हजार ९८ जना पुरुष तथा चार जना तेस्रो लिङ्गी मतदाता थिए ।

टिप्पणीहरू