स्वास्थ्य स्वयंसेविकाहरूलाई रेडियो

स्वास्थ्य स्वयंसेविकाहरूलाई रेडियो

बैतडीना महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई रेडियो वितरण गरिएको छ । दोगडाकेदार गाउँपालिका–५ स्थित न्वाली स्वास्थ्य चौकीले महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई रेडियो वितरण गरेको हो ।

गाउँपालिकाबाट प्राप्त २५ हजार रुपैयाँ प्रशासनिक खर्चबाट केही रकम कटौती गरी रेडियो वितरण गरिएको स्वास्थ्य चौकी इञ्चार्ज नैनसिंह गोयलाले बताए ।

इन्टरनेटको पहुँच नभएकाले सूचना तथा सञ्चारसँग जोड्नका लागि रेडियो वितरण गरिएको उनले बताए । रेडियो पाएपछि दैनिक सूचना र समाचार सुन्न सहज हुने महिला स्वास्थ्य स्वयंसेविका वसन्ती चन्दले बताइन् ।

टिप्पणीहरू