एउटै जिल्लामा २० हजार बालबालिकालाई खोप

एउटै जिल्लामा २० हजार बालबालिकालाई खोप

खोटाङका पाँच वटा स्थानीय तहका बालबालिकालाई कोभिड–१९ विरुद्धको मोडर्ना खोप दिन थालिएको छ । जिल्लाभर झण्डै २० हजार बालबालिकालाई खोप लगाइने भएको छ ।

बराहपोखरी गाउँपालिकामा पुस १७ देखि १९ गतेसम्म र दिप्रुङ चुईचुम्मा गाउँपालिका, खोटेहाङ गाउँपालिका, हलेसी तुवाचुङ नगरपालिका, र रावाबेँसी गाउँपालिकामा पुस १८ देखि २० गतेसम्म बालबालिकालाई मोडर्ना खोप दिइएको हो ।

खोप लगाउनेमा १२ देखि १७ वर्ष उमेर समूका बालबालिका छन् । १० स्थानीय तह रहेको जिल्लामा २० हजार बालबालिकालाई मोडर्ना खोप दिइएको स्वास्थ्य कार्यालय खोटाङले जनाएको छ ।

साकेला गाउँपालिका र ऐंसेलुखर्क गाउँपालिकामा १९ देखि २१ गतेसम्म, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा २१ देखि २३ गतेसम्म, केपिलासगढी गाउँपालिकामा २० देखि २३ गतेसम्म र जन्तेढुंगा गाउँपालिकामा २० देखि २३ गतेसम्म मोडर्ना खोप अभियान सञ्चालन हुने बताइएको छ ।

टिप्पणीहरू