बिजय गच्छदार र दीप बस्नेतलाई पनि पक्राउ पुर्जी

बिजय गच्छदार र दीप बस्नेतलाई पनि पक्राउ पुर्जी

बालुवाटारस्थित ललिता निवास जग्गा घोटाला प्रकरणमा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार र अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीपकुमार बस्न्यातलाई पक्राउ पूर्जी जारी गरिएको छ ।

पूर्वसचिव नारायण मलेगोसहित करिब ३ सय जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अदालतको अनुमतिपछि पक्राउ पूर्जी जारी गरिएको जनाएको छ ।

पक्राउ पूर्जी जारी भएका अधिकांशलाई कीर्ते कागजातमा संलग्न भएको आरोप लागेको हो ।

टिप्पणीहरू