प्रहरीलाई घुस दिन खोज्ने समातिए

प्रहरीलाई घुस दिन खोज्ने समातिए

प्रहरीलाई घुस दिन खोज्ने दुई जना पक्राउ परेका छन् । महानगरीय प्रहरी प्रभाग नैकापले चितवनका २४ वर्षीय रोशन श्रेष्ठ र काठमाडौं मच्छेगाउँका ५४ वर्षीय केशव गोपालीलाई नियन्त्रणमा लिएको हो ।

प्रदेश ०३–०२–००४ प ४९७४ नम्बरको मोटरसाइकल हाँकिरहेका श्रेष्ठ र त्यसको पछाडि सवार गोपाली दुबैले मदिरा सेवन गरेको अवस्थामा नैकापको प्रहरी टोलीले चेक गर्दा गर्दा चालकले पाँच सय रुपैयाँ घुस दिन खोजेका थिए ।

घुस दिन खोजेपछि प्रहरीले दुबै जनालाई नियन्त्रणमा लिएर प्रहरी वृत्त थानकोटमा पुर्याएर थप अनुसन्धान भइरहेको प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

टिप्पणीहरू