सूचना टाँसेर प्रतिनिधिसभा बैठक स्थगित

सूचना टाँसेर प्रतिनिधिसभा बैठक स्थगित

प्रतिनिधिसभाको बैठक दोस्रोपटक सूचना टाँसेर स्थगित गरिएको छ । भोलिका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित गरिएको हो ।

गत आइतबार डाकिएको बैठक सूचना टाँसेर स्थगित गर्दै भोलिका लागि सारिएको थियो ।

तर, बैठक बोलाइएको अघिल्लो दिन आज विशेष कारण देखाउँदै भोलिको बैठक स्थगित गरिएको संघीय संसद सचिवालयका महासचिव भरत गौतमले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रतिनिधिसभाको अर्को बैठक पुस २८ गते बुधबार दिउँसो १ बजे बोलाइएको छ ।

टिप्पणीहरू