कम लगानीमा उद्योगपति बन्न सिकाइने

कम लगानीमा उद्योगपति बन्न सिकाइने

युवाहरूलाई कम लगानीमा उद्योगपति कसरी बन्नेबारे सिकाउन महोत्तरीमा महोत्सवको आयोजना गरिएको छ । युवा स्वःरोजगारलाई केन्द्रित गर्ने उद्देश्यले महोत्तरीमा महोत्सवको आयोजना गरिएको हो । कृषि, पर्यटन, उद्योग क्षेत्रमा युवाहरुलाई स्वःरोजगार बनाउन नेपाल चेम्बर अफ कमर्स महोत्तरीले महोत्सवको आयोजना गरेको बताएको छ ।

उक्त महोत्सव माघ १३ देखी २४ सम्म बर्दिबासमा हुँदैछ । प्रथम बर्दिबास महोत्सव नामाकरण गरिएको महोत्सवमा युवाहरूलाई कम लगानीमा उद्योगपति बनाउने उपाय सिकाउन राष्ट्रिय र अन्तर्राष्ट्रिय उद्योगीहरूलाई महोत्सवको स्टलमा बोलाउने आयोजक पक्षले जनाएको छ ।

महोत्तरीमा मात्र ४० भन्दा बढी उद्योग र कलकारखाना रहेको बताइएको छ । थोरै लगानीमा पनि सफल उद्योगी बन्न सक्ने जानकारीको अभावमा युवाहरू पलायन भइरहेको बताउदै चेम्बर अफ कमर्स महोत्तरीका अध्यक्ष सुधिर अग्रवालले विदेश पलायनलाई समेत महोत्सवले रोक्ने आशा व्यक्त गरेका छन् ।

महोत्सवमा कृषि, स्थानीय उत्पादन, पर्यटनजस्ता विषयमा पनि उत्तिकै ध्यान दिइनेछ ।

टिप्पणीहरू