छिमेकमा एकै दिन ५८ हजारलाई कोरोना लाग्यो

छिमेकमा एकै दिन ५८ हजारलाई कोरोना लाग्यो

भारतमा कोभिड संक्रमितको संख्या ह्वात्तै बढेको छ । पछिल्लो २४ घण्टामा मात्रै त्यहाँ ५८ हजार ९७ जनामा संक्रमण देखिएको छ । यो संख्या अघिल्लो दिनको तुलनामा ५५ प्रतिशतले बढी हो ।

कोभिडको नयाँ भेरिएन्ट ओमिक्रोनसँगै भारतमा संक्रमितको संख्या पनि तीब्र बढिरहेको छ । संक्रमण बढेपछि विभिन्न राज्यमा कर्फ्र्युलगायतका प्रतिबन्धात्मक व्यवस्था लागू गरिएका छन् ।

भारतमा हालसम्म दुई हजार १ सय ३५ जनामा ओमिक्रोन संक्रमण देखिएको छ । संक्रमितमध्ये सबैभन्दा धेरै महाराष्ट्रका छन् । महाराष्ट्रमा ६ सय ५३ जनामा नयाँ भेरिएन्ट देखिएको छ । महाराष्ट्रपछि दिल्लीमा नयाँ भेरिएन्टका संक्रमित बढेका छन् ।

आजसम्म राजधानी दिल्लीमा ४ सय ६४ जनामा ओमिक्रोन देखिएको छ ।

टिप्पणीहरू