सुनकाण्डवाला गोरेका भाइ विमानस्थलबाटै समातिए

सुनकाण्डवाला गोरेका भाइ विमानस्थलबाटै समातिए

हाल ज्यान मुध्दाअन्तर्गत बिराटनगर कारागारमा रहेका बहुचर्चित ३३ किलो सुन प्रकरणका भरिया नाइके चुडामणि उप्रेती ‘गोरे’ का भाइ रमेशलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको छ । सुन काण्ड र सनम शाक्य हत्याको मुख्य योजनाकार मानिएका उनलाई दुबईबाट काठमाडौं ल्याउने क्रममा नेपाल प्रहरीले विमानस्थलमा पक्रेको हो ।

उनले पछिल्लो २०७२ सालदेखि दुबईमा बसेर ४ सय २१ पटकमा ३ हजार ८ सय केजी अवैध सुन नेपाल भित्र्याएको प्रहरीको दाबी छ । इन्टरपोलको सूचनाको आधारमा उनी तीन वर्षदेखि दुबई प्रहरीको हिरासतमा थिए । उनी दुबई होटल व्यवसायीको रुपमा परिचित भएर सुन ओसार्ने कार्यमा संलग्न भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

अवैध तरिकाले दुबईबाट पठाइएको सुनमध्ये हराएको ३३ किलो सुन काण्डमा सनम शाक्य मारिएपछि रमेशको संलग्नता पुष्टि भएको हो ।

टिप्पणीहरू