नारायणहिटीभित्र रेष्टुरेन्ट बनाउन रोक

नारायणहिटीभित्र रेष्टुरेन्ट बनाउन रोक

नारायणहिटी दरबार संग्रहालयभित्र रेष्टुरेन्ट बनाउने योजनामा रोक लगाइएको छ । संग्रहालयभित्र रेष्टुरेन्ट बनाउन लागिएको भन्दै बिरोध भइरहेका बेला संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मौखिक निर्देशनमा रोक लगाइएको हो ।

मन्त्रालयअन्तर्गतको नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले नारायणहिटी दरबारभित्र रेष्टुरेन्ट निर्माण कार्य रोक्न बि.म्यानेजमेण्ट प्राइभेट लिमिटेडलाई आज निर्देशन दिएको छ ।समितिले आज उक्त कम्पनीलाई लेखेको पत्रमा निर्माण कार्य रोक्न निर्देशन दिइएको हो । कार्यकारी निर्देशकको हस्ताक्षर रहेको पत्रमा भनिएको छ, ‘यस नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समिति र त्यस प्रा.लि.बीच सम्झौता भई अगाडि बढेको निर्माण कार्यका सम्बन्धमा सञ्चार माध्यमहरुमा आएका समाचारका कारण विवाद सृजना हुन गएकोले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मौखिक आदेशबमोजिम अर्को आदेश नभएसम्मका लागि निर्माण कार्य तत्काल रोक्न हुन जानकारी गराइन्छ ।’

टिप्पणीहरू