बुस्टर डोजबारे प्राविधिक छलफल गरिने, हाललाई स्थगित

बुस्टर डोजबारे प्राविधिक छलफल गरिने, हाललाई स्थगित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लक्षित वर्गलाई दिने भनिएको कोभिडविरुद्धको थप मात्राको खोप कार्यक्रम (बुस्टर डोज) हाललाई स्थगन गरेको छ ।

आज एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले केही लक्षित वर्गमा लगाउने भनिएको उक्त खोप कार्यक्रमस्थगन गरेको बताएको हो ।

मन्त्रालयका प्रवक्ता डा. संगिता कौशल मिश्राद्धारा जारी विज्ञप्तिमा सबै नागरिकलाई कोभिडविरुद्धको पूर्णमात्रा खोप चाँडै उपलब्ध गराउन महत्वपूर्ण भएकाले राष्ट्रिय खोप अभियान द्रूत गतिमा सञ्चालन गर्न आवश्यक रहेको उल्लेख छ ।साथै, विज्ञप्तिमा प्राविधिक विषयहरुमा छलफल गरेर मात्र बुस्टर डोजबारे पछि जानकारी गराइने उल्लेख छ । मन्त्रालयले हिजो मात्र विज्ञप्ति जारी गरेर जेष्ठ नागरिक र रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरुलाई कोभिडको बुस्टर डोज दिने बताएको थियो ।

टिप्पणीहरू