एमालेपछि अनेरास्ववियुको विधान महाधिवेशन

एमालेपछि अनेरास्ववियुको विधान महाधिवेशन

नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको विधान महाधिवेशन काभ्रेपलाञ्चोकको धुलिखेलमा हुने भएको छ । झापाको बिर्तामोडमा बसेको सचिवालय बैठकले आगामी फागुन ७ र ८ गते धुलिखेलमा महाधिवेशन गर्ने निर्णय गरेको हो ।

अनेरास्ववियुले राष्ट्रिय महाधिवेशन आगामी चैतमा गर्ने जानकारी दिएको छ । अनेरास्ववियुको राष्ट्रिय महाधिवेशन चैत २२, २३ र २४ गते हुनेछ । बैठकले संगठनका आगामी कार्ययोजनाहरु कडाइका साथ लागू गर्न सबै मातहतका कमिटीहरुलाई निर्देशन दिएको छ ।
महाधिवेशनस्थल भने विधान महाधिवेशनले तय गर्ने भनिएको छ ।

टिप्पणीहरू