नयाँ दिल्लीमा सप्ताहन्तमा कर्फ्यु

नयाँ दिल्लीमा सप्ताहन्तमा कर्फ्यु

भारतको राजधानी नयाँ दिल्लीमा सप्ताहन्तमा कर्फ्यु लगाइने भएको छ । कोभिड संक्रमण बढेपछि दिल्ली सरकारले आगामी शनिबार र आइतबार कर्फ्युको घोषणा गरेको हो ।

भारतमा नयाँ भेरिएन्ट ओमिक्रोन फैलिएसँगै कोभिड संक्रमितको संख्या ह्वात्तै बढेको छ । आजसम्म त्यहाँ एक हजार ७ सय जनामा ओमिक्रोन देखिएको छ ।

संक्रमण बढेपछि सरकारले १५ देखि १८ वर्ष उमेर समूहका नागरिकलाई खोप लगाउन सुरु गरेको छ । भारतमा दैनिक कोभिड संक्रमितको संख्या औसत ३५ हजार पुगेको छ ।

टिप्पणीहरू