कोरोना संक्रमितको संख्यामा वृद्धि, सबैभन्दा धेरै युवा संक्रमित

कोरोना संक्रमितको संख्यामा वृद्धि, सबैभन्दा धेरै युवा संक्रमित

कोरोना संक्रमितको संख्या निरन्तर उकालो लागिरहेको छ । केही दिनयता कोरोना संक्रमितको संख्यामा वृद्धि भएको देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट तीन सय ९३ जना संक्रमित भएको छ ।

उक्त संख्या १२ हजार चार सय ९८ जनामा परीक्षण गरिँदा पुष्टि भएको हो । थपिएकामध्ये काठमाडौमा मात्रै एक सय ५६ जनामा कोरोना संक्रमण भेटिएको छ । त्यस्तै, भक्तपुरमा २१ र ललितपुरमा ४५ संक्रमित थपिएका छन् ।

आज कोरोना संक्रमणबाट मुलुकभर तीन जनाको ज्यान गएको छ । यो अवधिमा दुई सय ६३ जना संक्रमणमुक्त भएका छन् । मुलुकभर अझै पाँच हजार ९४ जना सक्रिय संक्रमित छन् ।

हाल मुलुकभर कोरोना संक्रमण निको हुने दर ९८ प्रतिशत रहेको छ । कोरोनाबाट आजसम्म मृत्यु हुनेको संख्या ११ हजार छ सय एक पुगेको छ ।

त्यस्तै, आज १६ जना वृद्धवृद्धामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै, ९० जना युवायुवतीमा संक्रमण देखिएको छ । ११ देखि २० वर्षका ३९ र १५ वर्षमुनिका ७ जना संक्रमित थपिएका छन् ।

काठमाडौंमा अझै एक हजार ९९ जना सक्रिय संक्रमित छन् । भक्तपुरमा पाँच सय १४ र ललितपुरमा पाँच सय ९५ जना संक्रमित छन् ।

टिप्पणीहरू