गीता श्रीमानले एन्जिनालाई धरौटीमा छाड्नुभयो

गीता श्रीमानले एन्जिनालाई धरौटीमा छाड्नुभयो

हिजो दिउँसो बयान लिने क्रममा र्‍याखर्‍याख्ती पार्नुभएकी जिल्ला अदालत काठमाडौंकी न्यायाधीश गीता श्रेष्ठले करोडौं ठगी गरेर प्रहरी हिरासतमा रहेकी जी न्युजकी पूर्व नेपाल संवाददाता एन्जिना कार्कीलाई आज धरौटीमा छाड्न आदेश दिनुभएको छ ।

महिला पत्रकारको भेषमा धेरै जनासँग करोडौं रुपैयाँ ठगेर विलासी जीवन बिताएकी कार्की २९ दिनदेखि आपराधिक लाभको आरोपमा प्रहरी हिरासतमा थिइन् ।

तर आज न्यायाधीश श्रेष्ठले उनलाई १३ लाख ५४ हजार नगद धरौटीमा छाड्न आदेश दिनुभएको छ । हिजो उनै कार्कीसँग बयान लिने क्रममा न्यायाधीश श्रेष्ठ एउटी महिलाको त्यो तहको हर्कत र ठगी सुनेर छक्क पर्नुभएको थियो ।

यसअघि प्रहरी र सरकारी वकिलसँगको बयानमा फरक परेपछि कार्कीलाई बयानको निम्ति हिजो काठमाडौं जिल्ला अदालतमा लगिएको थियो ।

टिप्पणीहरू