लागूऔषध सेवन गराएर युवतीलाई चौरमा जबरजस्ती करणी

लागूऔषध सेवन गराएर युवतीलाई चौरमा जबरजस्ती करणी

युवतीलाई करणी गरेको अभियोगमा काठमाडौंको बूढानीलकण्ठबाट एक युवक समातिएका छन् । जबरजस्ती करणीको अभियोगमा उनलाई प्रहरीले हिजो साँझ समातेको हो । पक्राउ पर्नेमा मोरङको विराटचोक घर भई हाल बूढानीलकण्ठ नगरपालिका–५, विष्णुमतीमा डेरा गरी बस्ने २८ वर्षीय विनोद भण्डारी हुन् ।

प्रहरीका अनुसार भण्डारीले स्थानीय बाडेपाखास्थित खुल्ला चौरमा २० वर्षीया युवतीलाई जबरजस्ती करणी गरेका थिए । भण्डारीले पीडित महिलालाई लागूऔषध सेवन गराई बिहीबार साँझ पटक–पटक जबरजस्ती करणी गरेको रहस्य खुलेको छ ।

घटनाबारे प्रहरीले थप अनुसन्धान थालेको छ । भण्डारी प्रहरी हिरासतमा छन् ।

टिप्पणीहरू