राजधानीकाे फोर्सपार्कमा तास खेल्ने च्याप्पै

राजधानीकाे फोर्सपार्कमा तास खेल्ने च्याप्पै

जुवा खेलिरहेको अवस्थामा १५ जना प्रहरीको फन्दामा परेका छन् । काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका–७, फोर्सपार्कस्थित खाजा पसलमा तास खेलिरहेको अवस्थामा उनीहरुलाई हिजो राति पक्राउ गरिएको हो ।

फोर्सपार्कस्थित रमेश माषिमाले सञ्चालन गरेको खाजा पसलमा खेलिरहेका उनीहरुलाई प्रहरीले जुवाको खालबाटै समातेको हो ।

महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ५७ हजार ८ सय ४० रुपैयाँ र एक बुक ताससहित पक्राउ गरेको बताएको छ ।

टिप्पणीहरू